एसईई परीक्षा आजदेखि शुरु
खबरपथ संवाददाता
१९ चैत्र २०८२, बिहीबार ०९:५३
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आज बिहीवारदेखि देशभर शुरु भएको छ । परीक्षा बिहान ८ बजेदेखि शुरु भएको हो । यस वर्ष कुल ५ लाख १२ हजार ४ सय ७१ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । परीक्षाका लागि देशभर १ हजार ९ सय ६५ वटा तथा जापानमा १ वटा गरी कुल १ हजार ९ सय ६६ परीक्षा केन्द्र तोकिएका छन् । ११ हजार ३ सय ७९ विद्यालयका विद्यार्थी यस परीक्षामा सामेल छन् । उप–नियन्त्रक विष्णुप्रसाद ज्ञावलीका अनुसार सबैभन्दा बढी परीक्षार्थी काठमाडौं जिल्लामा छन् ।






















