प्रतिनिधि सभाको पहिलो दिनको ‘बिजनेस’: तीन अध्यादेश, सभामुख र उपसभामुख निर्वाचन र बैठक सञ्चालन नियमावली पेश

खबरपथ संवाददाता
१७ चैत्र २०८२, मंगलवार २०:३५

काठमाडौं । प्रतिनिधि सभाको पहिलो बैठकमा सुशीला कार्की नेतृत्वको तत्कालीन सरकारले जारी गरेका तीन अध्यादेश पेश गर्नेसहित संघीय संसद सचिवालयले सम्भावित कार्यसूची पहिचान गरेको छ । निर्वाचनपछि बस्न लागेको सभाको पहिलो बैठकका लागि सचिवालयले कार्यसूची पहिचान गरिसकेको संसद सचिवालयका प्रवक्ता एवं सहसचिव एकराम गिरीले बताउनुभएको हो । संसद सचिवालयले यीनै एजेण्डामाथि छलफल गर्न बुधवार सर्वदलीय बैठक बोलाएको छ । संसदको अधिवेशन शुरु हुनुअघि बुधवार संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरूको सहभागितामा सर्वदलीय बैठक आह्वान गरिएको सहसचिव गिरीले बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*