रोल्पा जिप दुर्घटना : मृतक संख्या २० पुग्यो

खबरपथ संवाददाता
१७ बैशाख २०८३, बिहीबार २०:०१

रोल्पा । रोल्पामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुगेको छ ।  रुकुम पूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप भिरबाट ८ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

रोल्पाका डीएसपी वीरेन्द्र वीर विश्वकर्मा नेतृत्वको टोली दुर्घटनास्थलमा उद्धारका लागि खटिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार २० जनाको घटनास्थलमा नै मृत्यु भएको हो । लु १ ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो । जलजलामा वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी हुन जानेहरूलाई लिएर उक्त जिप त्यसतर्फ जाँदै थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*