विश्वकपका लागि नेदरल्यान्ड्सको टोली सार्वजनिक, अटाएनन् फ्रिमपोङ

खबरपथ संवाददाता
१४ जेष्ठ २०८३, बिहीबार ०८:२३

काठमाडौं  । इङ्लिस महारथी लिभरपुलका राइटब्याक जेरेमी फ्रिमपोङले आसन्न फिफा विश्वकप २०२६ गुमाउने भएका छन् ।

बुधबार रोनाल्ड कुमानको नेतृत्वमा रहेको प्रशिक्षण टोलीले २६ सदस्यीय डच टोली सार्वजनिक गरेको छ । जसमा फ्रिमपोङ छुटेका छन् ।

थाई इन्जुरीका कारण दुई महिना मैदान बाहिर रहेका फरवार्ड मेम्फिस डेपाईलाई भने टोलीमा समावेश गरिएको छ । ३२ वर्षीय डेपाई नेदरल्यान्ड्सका लागि सबैभन्दा धेरे अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी हुन् । उनलाई अग्रपङ्क्तिमा कोडी ग्याक्पो र डोनवेल मालेनले साथ दिनेछन् ।

फ्रिमपोङका क्लब सहकर्मी पनि रहेका भर्जिल भान डाइकले टोलीलाई लिड गर्नेछन् । उनीसँगै बार्सिलोनाका फ्रान्कि डी’योङ पनि नेदरल्यान्ड्सको उपाधि अभियानमा सबैभन्दा महत्वपूर्ण खेलाडी रहनेछन् । अनि लिभरपुलकै मिडफिल्डर रायन ग्राभनबर्ग पनि डच टोलीका हेर्नलायक खेलाडीमध्ये एक हुन् ।

नेदरल्यान्ड्सको टोली
गोलकिपरः मार्क फ्लेक्केन, रोविन रोइफ्स, बार्ट भरब्रुगेन

रक्षकः नेथन आके, डेन्जेल डम्फ्रिज, जोरेल हाटो, युरियन टिम्बर, यान पउल भान हेके, भर्जिल भान डाइक, मिकी भान डी भेन

मिडफिल्डरः फ्रान्की डी योङ, मार्टेन डी रुन, रायन ग्राभनबर्ग, टेउन कूपमाइनर्स, तिज्जानी रेइजन्डर्स, गूस टील, क्विन्टन टिम्बर, म्याट्स वाइफर

फरवार्डः ब्रायन ब्रोबे, मेम्फिस डेपाई, कोडी ग्याक्पो, जस्टिन क्लुइभर्ट, नाओ लङ, डोनएल मालेन, क्रिसेन्सियो समरभील, वाउट वेघस्र्ट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*