आज गणतन्त्र दिवस, सार्बजनिक बिदा
काठमाडौं । आज गणतन्त्र दिवस । नेपालमा २५० बर्ष लामो समयसम्म रहेको शाही शाषनको २०६५ साल जेठ १५ गते औपचारिक रूपमा अन्त्य भएसँगै देशमा गणतन्त्र स्थापना भएको हो । २०६४ सालको संबिधानसभाको निर्वाचन पछि बसेको पहिलो संबिधानसभा बैठकले नेपाललाई गणतान्त्रिक मुलक घोषणा गरेको हो, सो घोषणासँगै शाह शाषन कालका अन्तिम राजा ज्ञानेन्द्र शाह र उनको परिवार राजपरिवार पदवीवाट मुक्त भएका थिए ।
सो अवसरमा त्यस पछि आजकाे दिन सार्बजनिक बिदाँ दिदैँ आइएको छ भने सोही अवसरमा सैनिक मञ्च टुडिखेलमा बिशेष गणतन्त्र समारोह गरिदैँ आएको छ । देशैभरी बिभिन्न कार्यक्रमका साथ गणतन्त्र दिवस उत्सवकाे रूपमा मनाइन्छ ।
गणतन्त्र घोषणा भए पछि आजको दिन अर्थात जेठ १५ गते सदैव प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्ने भनिए पनि यो पटक भने राष्ट्रपतिले राष्ट्रको नाममा बिशेष सम्बोधन गर्दैछन् ।











