यस्तो छ समुह चरण देखी फाइनलसम्मका खेल तालिका मिति

खबरपथ संवाददाता
२९ जेष्ठ २०८३, शुक्रबार ०८:२२

काठमाडौं । आज देखी अर्थात ११ जुन देखि १९ जुलाईसम्म अमेरिका, क्यानडा र मेक्सिको फिफा विश्वकप हुदैँछ ।

यो आयोजना हुने यस गर्मीको विश्वकप इतिहासकै सबैभन्दा ठूलो हुनेछ ।

बितेका १ हजार २५० दिन भन्दा बढीको पर्खाइ पछि फुटबल प्रशंसकहरू ५ हप्ताको विश्वकप कार्यको लागि तयार भइरहेका छन्। फिफा विश्वकप २०२६ संस्करण बिहीबार ११ जुनमा स्थानिय समय अनुसार ७ः०० बजे मेक्सिकोमा हुनेछ ।

पहिलो पटक तीन देशहरू संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोद्वारा आयोजित यस गर्मीको पुरुष विश्वकप इतिहासकै सबैभन्दा ठूलो हुनेछ, जसमा रेकर्ड ४८ टोलीहरूले  १०४ खेल खेल्ने छन्, यस विश्वकपको फाइनल खेल भने १९ जुलाई राती ८ः०० बजे न्यूयोर्क–न्यू जर्सी (पूर्वी रदरफोर्ड) मा फाइनलमा खेल हुनेछ।

२०२२ मा कतारको फाइनलमा फ्रान्समाथि पेनाल्टी सुटआउटमा जित हासिल गरेपछि अर्जेन्टिना डिफेन्डिङ च्याम्पियनको रूपमा प्रतियोगितामा प्रवेश गरेको छ। यससँगै विश्वकपमा डेब्यू गर्ने ४ राष्ट्रहरू मुख्य ड्रमा सामेल भएका छन्, जसअनुसारका ४ देश केप भर्डे, कुराकाओ, जोर्डन र उज्बेकिस्तानले पहिलो पटक विश्वकपमा खेल्दैछन् ।

विश्वकप डायरीको मुख्य मितिहरूः

११–२७ जुनः समूह चरणका खेलहरू हुनेछन्
२८ जुन– ३ जुलाईः राउन्ड अफका ३२ खेल हुनेछन्
४–७ जुलाईः राउन्ड अफका १६ खेलहरू हुनेछन्

९–११ जुलाईः क्वार्टरफाइनल खेलहरु हुनेछन्
१४–१५ जुलाईः सेमिफाइनल खेल हुने छन्
१८ जुलाईः तेस्रो स्थानको खेल हुनेछ
१९ जुलाईः २०२६ विश्वकप फाइनल खेल हुनेछ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*