राष्ट्रियसभा बैठकमा दुई बिधेयक पेश हुने

खबरपथ संवाददाता
२७ श्रावण २०८३, बुधबार ०७:२४

काठमाडौं । राष्ट्रियसभाको बैठक बस्दैँछ ।

संघीय संसद भवन, सिंहदरवारमा उक्त बैठक बस्नेछ । बैठक अपरान्ह १ः१५ बजे बस्नेछ ।

आजको बैठकमा राष्ट्रियसभाका सचिव तुलबहादुर कडेँलले ‘नेपाल बिशेष सेवा ऐन, २०४२ को साविकको ब्यवस्था जोगाउने सबन्धी बिधेयक, २०८३’का सबन्धमा प्रतिनिधिसभावाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्नेछन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले ‘आन्तरिक वायुसेवाको दायित्व सबन्धी बिधेयक, २०८३’ सभा समक्ष पेश गर्नेछन भने कृषी, वन तथा पर्यबरण मन्त्री गीता चौधरीले ‘संङक्रामक पशु रोग (नियन्त्रण) बिधेयक, २०८३ माथी बिचार गरियोस्’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नेछन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*