संसदीय समितिमा गृहमन्त्री र महिला मन्त्री जाँदै, ६ समितिको बैठक बस्दैँ
काठमाडौं । संघीय संसद अन्तर्गतका ६ समितिको बैठक बस्दैँछ ।
संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछन् ।
जस अनुसार अर्थ समितिको बैठक बिहान ११ः०० बजे बोलाइएको छ । जुन बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका हालसम्मका कामकारबाहीसहित वित्तीय संघीयता कार्यान्वयनमा आयोगको भूमिका, सोको समस्या एवं चुनौती र आयोगको सिफारिस कार्यान्वयनको अवस्थाका सम्बन्धमा छलफल हुनेछ ।
महिला तथा सामाजिक मामिला समितिको बैठक पनि बिहान ११ः०० बजे देखी सुरू हुनेछ । बिभागीय मन्त्रीसहित उपस्थित हुने सो बैठकमा बालगृह, बाल सुधार गृह, महिला सुरक्षित आवास गृह, वृद्धाश्रम तथा अन्य सामाजिक संस्थाहरुको संस्थागत अवस्था तथा अनुगमन निष्कर्षमाथि छलफल गरिनेछ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा पुरानै अजेन्डा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ सम्बन्धमा छलफल हुनेछ । जुन बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ ।
सार्वजनिक लेखा समितिको बैठकमा गृह मन्त्री सुदन गुरूङ उपस्थित रहनेछन । सो बैठकमा समितिमा प्राप्त गृह मन्त्रालयसम्बद्ध उजुरीउपर छलफल गरिनेछ । जुन बैठक दिउँसो १ः०० बजेका लागि तय भएको छ।
साथै, बिकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा विगतका कोप सम्मेलनमा भएको निर्णय, सम्झौता र सोको कार्यान्वयनको अवस्था एवं कार्यान्वयन लागि नेपाल सरकारबाट भए गरेका कामकारवाही तथा संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन कोप ३१ मा सहभागिताको लागि नेपालको तयारी वारेमा छलफल हुनेछ ।





















