अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा उपराष्ट्रपतिद्धारा शुभकामना ब्यक्त

खबरपथ संवाददाता
२४ फाल्गुन २०७७, सोमबार १०:२८

काठमाण्डौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा उपराष्ट्रपति नन्द बहादुर पुनले शुभकामना ब्यक्त गर्नुभएको छ । उपराष्ट्रपतिले दिवसको अवसरमा शुभकामना सन्देश दिँदै राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक र सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हक लगायतका अधिकार सुनिश्चित गरेको स्मरण गर्नुभएको छ ।

उपराष्ट्रपति पुनले नेपाली दिदी बहिनीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ । उपराष्ट्रपति पुनले यस अवसरमा नेपाली महिलामा आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्दै समृद्ध नेपाल निर्माणको राष्ट्रका कार्यभार पूरा गर्न उत्साह, जोस, जाँगर तथा शक्ति थपियोस् भन्ने सदीक्षासमेत व्यक्त गर्नुभएको छ ।

उपराष्ट्रपति पुनको शुभकामना सन्देशमा भनिएको छ, “जनसङ्ख्याको आधाभन्दा बढी भाग ओगटेका महिलाले हरेक क्षेत्रमा समान अवसर पाउनु पर्दछ । संविधानले प्रत्येक महिलालाई लैङ्गिक भेदभाव विना समान वंशीय हक, महिलाहरु राजनीतिक, सामाजिक तथा आर्थिकरुपमा स्वतन्त्र र सशक्त नभएसम्म देशको समृद्धि सम्भव छैन ।”

उपराष्ट्रपति पुनले मुलुकको विकास, आर्थिक समृद्धि र महिलाहरुको हक–अधिकारका लागि संविधान प्रदत्त महिला अधिकारको कार्यान्वयन गर्दै महिलाहरुको सर्वाङ्गीण विकासका लागि सबै क्षेत्रको ध्यान जानुपर्नेमा जोड दिनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*