दोस्रो चरणको राहत खाद्यान्न बितरण

खबरपथ संवाददाता
९ असार २०७८, बुधबार १८:३४

रुपन्देही । सैनामैना नगरपालिका १ का अति बिपन्न तथा असाहाय व्यक्तिहरुका लागि खाद्यान्न सहयोग गरिएको छ । दोस्रो चरण को राहत स्वरुप स्थानीय २० घरपरिवारलाई राहत बितरण गरिएको हो । युवा समाजसेवी नर बहादुर सुनार , अनिल पहाडी, समीर बि.क., सनिज परियारको संयुक्त संयोजकत्वमा स्थानिय समुदायलाई राहत बितरण गरिएको हो ।बेलायत निवासी श्री थम बहादुर विश्वकर्मा ,कबिराम कुंवर,नारायण महत , चिन्तामणी भुषाल ,प्रकाश केसि,रबिन्द्र प्रसाद पौडेल ,जनक भण्डारी ,बिनोद गुप्ता ,गंगा बिक , लगायत सहयोगी दाताहरुको सहयोगमा राहत सहयोग संकलन गरिएको समाजसेवी नर बहादुर सुनारले बताउनुभयो ।

अहिले कोरोना र बाढीले मुलुकमा पारेको विषम परिस्थितिमा मानिसहरुको समस्यामा थोरै भए पनि सहयोग पुगोस भन्ने हेतुले सहयोगको कार्य गरिएको स्थानीय समाजसेवी समीर बिकले बताउनुभयो ।

सैनामैना नगरपालिका वडा न १ भित्रका अति बिपन्न असाहाय ,अपांग ,एकल महिलाहरुलाई चामल , दाल , तरकारी लगायत खाद्यान्न सामाग्री बितरण गरिएको समाजसेवी सनिज परियारले बताउनुभयो ।

यसअघि विभिन्न संघसंस्थाबाट प्रथम चरणमा २४ घरपरिवारलाई राहत बितरण गरिएको युवा समाजसेवी अनिल पहाडीले बताउनु भएको छ ।

यो पनि हेर्नुहोस बिपन्न तथा असाहय २४ घर परिवारलाई राहत खाद्यान्न बितरण

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*