कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि गर्ने परीक्षा बोर्डको निर्णय

खबरपथ संवाददाता
५ श्रावण २०७८, मंगलवार २१:१३

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको बोर्डको बैठकले साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले विद्यार्थीलाई भौतिक उपस्थिति गराएर परीक्षा लिने निर्णय गरेको हो ।

विद्यार्थीले परीक्षा सम्बन्धित विद्यालयबाटै अर्थात होम सेन्टरबाटै दिन पाउनेछन् । आगामी साउन ३१ गतेदेखि हुने १०० पूर्णाङ्गको लिखित परीक्षा भदौ ९ गतेसम्म चल्नेछ । कोरोना भाइरस महामारीका कारण कक्षा १२ को परीक्षा यस अघि रोकिएको थियो । यस पटक तीन लाख ८६ हजार विद्यार्थीले परीक्षा फाराम भरेको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*