दलितको सवाललाई प्राथमिकता दिन सम्पादहरुको प्रतिबद्धता

खबरपथ संवाददाता
१३ श्रावण २०७८, बुधबार १९:०२

बुुटवल । नेपाली मिडियामा दलित समुदायको सवाल उठाउन लुुम्बिनीका सम्पादकहरुले प्रतिबद्धता जनाएका छन । जागरण मिडिया सेन्टरले मंगलबार र बुधबार आयोजना गरेको नेपाली मिडियामा दलित सवालमा सम्पादकहरुसँगको संवाद कार्यक्रमपछि १० बुुँदे बुटवल प्रतिबद्धता पत्र जारी गर्दै जातीय छुवाछुत तथा सबै प्रकारका भेदभाव विरुद्धका सवाल उठाउन प्रतिबद्धता जनाएका हुन । संविधान र समावेशीकरणको भावना अनुरुप सरकारी तथा निजी मिडियामा दलित समुदायको समानुपातिक सहभागिताको सुनिश्चितता गर्न समेत सम्पादकहरुले प्रतिवद्ध जनाएका छन । राष्ट्रिय आमसञ्चार नीतिलाई दलितमैत्री बनाउँदै यसको प्रावधानलाई कार्यान्वयन गर्नुपर्ने, प्रदेश र स्थानीय सरकारका सञ्चार सम्बन्धी प्रतिष्ठानमा हुने नियुक्ति समावेशी सिद्धान्तको आधारमा र निजि क्षेत्रका सञ्चार माध्यममा समेत सम्पादकीय समुहमा दलित समुदायको सहभागीता सुनिश्चित गर्न समेत माग गरिएको छ ।

यसैगरि दलित र महिलाले सञ्चालन गरेका सञ्चार माध्यमलाई राज्यद्धारा बिशेष सुविधा प्रदान गरी दर्ता तथा नवीकरण लगायतका कर मिनाहसम्मको नीति ल्याउन र विभिन्न भाषाभाषीका सञ्चार माध्यमहरूलाई बिशेष ब्यवस्था गर्न समेत प्रतिबद्धता पत्रमा भनिएको छ ।

दलित तथा लैंगिक सवालका घटनालाई मात्रै नभई बिषयबस्तुुमा आधारित रहेर नियमित कार्यतालिका बनाई सञ्चारमाध्यमबाट प्रकाशन÷प्रशारण गर्न बुुटवल प्रतिबद्धता पत्रमा उल्लेख छ । यस्तै लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा दर्ता गरेको सञ्चार माध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संविधान र प्रेस स्वतन्त्रता विरोधी भएकाले त्यसलाई फिर्ता गरि पुर्नलेखन गर्न माग सम्पादकहरुले माग गरेका छन । छलफलमा २५ भन्दा बढि सम्पादकहरुको सहभागिता थियो । छलफलका अवसरमा बरिष्ठ पत्रकार तथा राष्ट्रिय दलित पत्रकार संघ, नेपालका केन्द्रीय अध्यक्ष विनोद पहाडीले नेपाली मिडियामा दलितका सवाल अझै मिहिन रुपमा उठाउनुपर्नेमा जोड दिए । उनले दलित समुदायको पत्रकारहरुको उपस्थिती बढेको बताउँदै अब गैरदलित पत्रकारहरुले दलितका सवाल उठाउनुपर्ने बताए । छलफलमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भवानी प्रसाद पाण्डेले दलित सवालमा गुणात्मक परिवर्तनको खाँचो रहेको बताए । उनले संख्या बृद्धि भएकाले अब मुद्धालाई उठाउने सवालमा नितिगत पहल गर्नुपर्ने बताए । नेपाल पत्रकार महासंघ लुम्बिनीका महासचिव विक्रम खड्काले दलित समुदायको सवालमा मिडिया संवेदनशील हुनुपर्ने बताए । उनले कतिपय अवस्थामा दलित समुदायकै जनप्रतिनिधिले समेत आफुना मुुद्धा नबोलेको पाइएकाले त्यतातर्फ पनि ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले तल्लो तहका दलितका सवाललाई मिडियाले ध्यान दिनुपर्ने बताए । यसैगरि छलफलमा नेपाल पत्रकार महासंघ रुपन्देहीका निवर्तमान अध्यक्ष एंव दैनिक लुम्बिनीका सम्पादक यानेन्द्र जिस, महासंघ रुपन्देहीका उपाध्यक्ष अमृता अनमोल, टेलिभिजन प्रसारक संघका लुम्बिनी संयोजक विष्णुु भुसाल, सल्लाहाकार सम्पादक दामोदर खनाल, जनसंघर्ष दैनिकका सम्पादक रामप्रसाद आचार्य, लुम्बिनी टाईम्सका सम्पादक प्रदीप आचार्य, समता टिभिका सम्पादक नरेश केसी, लुम्बिनी खबरका सम्पादक कमल रायमाझी, मिलापत्र खकरका सम्पादक भुवन कार्की, रेडियो मुक्तिका स्टेशन म्यानेजर कल्पना तिवारी, ग्लोबल आवाजका सम्पादक एनवि कंडेल, मेरो साथी एफएमक कपिलबस्तुका प्रबन्धक चिन्ता परियार, देवदह टिभिमा सम्पादक टंक सुनार लगायतले बोल्दै दलितका सवाल उठाउन प्रतिबद्धता जनाएका थिए । जागरण मिडिया सेन्टरका अध्यक्ष कमला विश्वकर्माको अध्यक्षता, सचिव कृष्ण दर्नालको स्वागतमा भएको कार्यक्रमको सञ्चालन विनोद परियारले गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*