पत्रकार महासंघका अध्यक्ष पोख्रेलको संयोजकत्वमा मानव अधिकार अनुगमन समिति गठन

खबरपथ संवाददाता
१४ श्रावण २०७८, बिहीबार २०:२१

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलको नेतृत्वमा मानव अधिकार अनुगमन समिति गठन भएको छ । राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालयमा बुटवलका कार्यालय प्रमुख सम्झना शर्माको अध्यक्षतामा बसेको कोभिड १९ महामारीको सन्दर्भमा मानव अधिकार संरक्षण कार्यविधि, २०७८ बमोजिम रुपन्देही जिल्लास्तरीय मानवअधिकार अवस्था अनुगमन समिति गठन गर्ने उद्देश्यले बसेको उक्त बैठकले सो समिति गठन गरेको हो ।
बैठकमा नेपाल बार एसोशिएसन, नेपाल पत्रकार महासंघ, गैरसरकारी संस्था महासंघ, नेपाल चिकित्सक संघ, औषधी व्यवसायी संघ, इन्सेक, नेपाल मानव अधिकार संगठन, राष्ट्रिय मानव अधिकार प्रतिष्ठान, महिला, बालबालिका, दलित, आदीवासी जनजाती महासंघ यौनिक तथा लैङ्गिक अल्पसंख्यक लगायतका विभिन्न संघ संगठनका प्रतिनिधिहरुको उपस्थितिमा रहेको थियो ।

कार्यविधि अनुसार उक्त समितिको सदस्य सचिवमा राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालयका मानव अधिकार अधिकृत दीपक ठाकुर रहेका छन भने सो समितिमा बार एशोसिएसनका अध्यक्ष लोकनाथ पन्त, राष्ट्रिय मानव अधिकार प्रतिष्ठान रुपन्देहीका जितेन्द्र प्र. बन्जाडे, नेपाल औषधी व्यवसायी संघ,रुपन्देहीका सुरज भट्टराई, गैर सरकारी संस्था महासंघ रुपन्देही इन्सेकका प्रतिनीधि रीमा वि.सी, स्वतन्त्र विकास समाज नेपालका सावित्रा घिमिरे साहसी कदम नेपाल यौनिक तथा लैङ्गिक अल्पसंख्यकका आनिक राना रहेका छन् ।

समितिमा अप्रवासी महिला सरोकार केन्द्र, रुपन्देहीका जानकी घिमिरे, थर्ड एलाइन्स, रुपन्देहीका अग्नी शक्ति यादव, आदीवासी जनजाति पत्रकार महासंघ रुपन्देहीका सोनु थापा, नेपाल मानव अधिकार संगठन रुपन्देहीका पवन कुमार पौडेल परिवर्तन नेपालका रिता सेन ओली मानव अधिकारका लागि एकल महिला समुह राधिका श्रेष्ठ महुरी होम, रुपन्देही रामविकास चौधरी, अपाङ्ग महासंघ, रुपन्देही हुमनाथअधिकारी, माइति नेपाल माया क्षेत्री, मानव अधिकार शान्ति समाज रुपन्देहीका डि.बि खनाल , नमुना एकिकृत विकास परिषदका ज्ञानु पौडेल, दलित महिला संघ रुपन्देहीका मनु खडका, एडभोकेसी फोरम, रुपन्देहीका इन्दिरा आचार्य गरी समितिमा २१ सदस्यीय समिति रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*