थप ३६११ जनामा कोरोना पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ६११ जनामा कोरोना पुष्टि भएको छ । देशभरका प्रयोगशालाबााट ९ हजार ७८३ पीसीआर परीक्षण गर्दा २ हजार ४६७ जना र ४ हजार ८७८ एन्टिजेन परीक्षण गर्दा १ हजार १४४ गरी ३ हजार ६११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ९३ हजार १०९ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ । योसंगै हाल सम्म नेपालमा ९ हजार ८३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप १ हजार ८१६ जना कारोना मुक्त भएका छन् । यो संगै नेपालमा हालसम्म ६ लाख ५२ हजार २६१ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार १४ जना रहेका छन् । जसमध्ये २७ हजार ८२० जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार १९४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।





















