रोटरी क्लव अफ बुटवलको १३७६ औं बैठक सम्पन्न

खबरपथ संवाददाता
२३ श्रावण २०७८, शनिबार १५:००

बुटवल । रोटरी क्लव अफ बुटवल वर्ष २०२१/२२ को छैठौं बैठक एवं क्लवको १३७६ औं नियमित बैठक शनिबार सम्पन्न भएको छ।बैठकको एजेण्डा क्लासिफिकेशन रहेको थियो ।
त्यस अवसरमा एनएमबी बैंक बुटवल ट्राफिकचोक शाखाका शाखा प्रवन्धक देवीराम खनालले बैंकिङ क्षेत्रका बारेमा चर्चा गर्दै सामाजिक क्षेत्रसँग जोडिएर काम गर्ने हो भने मात्रै कुनै पनि संस्थाले सफलता प्राप्त गर्न सक्ने बताए ।

बैक र उद्योग व्यवसाय एक अर्काका परिपुरक भएको र यी दुई क्षेत्र मिलेर अघि बढ्दा मुलुकको आर्थिक उन्नतीमा पनि टेवा पुग्ने भन्दै उनले सामाजिक क्षेत्रमा पनि पहुँच बिस्तार गर्दै लैजान सकिए बैंकिङ क्षेत्रले अझ बढी सफलता हासिल गर्न सक्ने बताए ।

क्लवका अध्यक्ष प्रा.डा. ताराप्रसाद उपाध्यायको अध्यक्षतामा बसेको बैठकमा रोमनाथ शर्माले खनालको बायोडाटा प्रस्तुत गरेका थिए । त्यस अवसरमा रोटरीयनहरु मणिरत्न पाण्डे, पुरनप्रसाद श्रेष्ठ, यदुनाथ पाण्डेय, जीवकान्त काफ्ले, विन्ध्याकेशर जोशी लगायतले विभिन्न जिज्ञासा र धारणा राखेका थिए ।
त्यस्तै बैठकमा क्लवका अध्यक्ष डा. ताराप्रसाद उपाध्यायले अगस्त महिना मेम्बरसीप वृद्धि गर्ने महिना भएकाले यसतर्फ क्लवका पदाधिकारी एवं सदस्यहरुले काम गरिरहेको र छिटै नै नयाँ सदस्यहरुको इन्डक्सन कार्यक्रम गरिने जानकारी गराएका थिए भने क्लवका सचिव खिमनारायण पराजुलीले अघिल्लो बैठकका निर्णयहरुबारे जानकारी गराएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*