तिनाउ नदीमा स्कारपियो खस्यो , चार जना घाइते

खबरपथ संवाददाता
२६ श्रावण २०७८, मंगलवार १३:५३

बुटवल । सिदार्थ राजमार्गको बुटवल तानसेन सडक खण्ड-अन्तरगत तिनाउ गाउपालिका-५ सिद्धबाबा नजिकै खसेको डुंगाले लाग्दा स्कारपियो जीप तिनाउ नदीमा खसेको छ । तिनाउ नदीमा जीप खस्‍दा जीपमा सवार ४ जना घाइते भएका छन् ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार मंगलबार पाल्पाको दोभानबाट बुटवल आउँदै गरेको बा १८ च ७३३६ नम्बरको स्कारपियो जीप विहान करिब १० बजे माथिबाट खसेको ढुंगाले लाग्दा तिनाउ नदीमा खसेको हो । सुख्खा पहिरोमा झरेको ढुंगाले गाडीलाई धकेलेर बाटो भन्दा झण्डै १५० मिटर तल नदीको सतहमा पु¥याएको थियो ।

घटनामा घाइते भएका ४ जनालाई उद्दार गरी लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*