बहुप्रतिक्षित कुशाक बुकिङ शुरु

खबरपथ संवाददाता
२८ श्रावण २०७८, बिहीबार १५:०९

बुटवल। जर्मनी प्रविधिको स्कोडा गाडीको बुटवलमा नया शोरु मार्फत नया मोडलका चारपाग्रे सवारीको बुकिङ शुरु भएको गरिएको छ । कालिकानगर स्थित रोडवेज लाईफस्टाईल्स प्रालिको बुटवल क्षेत्रको आधिकारिक विक्रेताको रुपमा बुकिङ शुरु गरेको हो । स्थानिय समाजसेवी तथा रोडवेजका संरक्षक शान्तिदेवि श्रेष्ठले औपचारिक उद्घाटन गर्दै स्कोडाको नया मोडल एसयुभी कुशाक मोडल सार्वजनिक समेत गरेका छन। स्कोडाको लागि नेपालको आधिकारिक वितरक एमएडब्ल्यु मार्फत रोडवेजलाई बिक्रि तथा बुकिङ शुरु गरेको हो । कुशाक एक्टिभ, एम्बिसन र स्टाईल गरि ३ अप्सनमा आएको टिएसआई इन्जिङ जडान भएको नया र अत्याधुनिक चारपाग्रे सवारी भएको उनले बताईन। जसमा ५ भेरियन्टमा उपलब्ध भएको उनले बताए । शुरुवाती एक्टिभ म्यानुअल ट्रान्समिसनको मूल्य ४९ लाख ९० हजार रुपैया तोकिएको छ । यसै गरि एम्बिसन म्यानुअल ट्रान्समिसन ५३ लाख ९० हजार रुपैया, अटोमेटिक ट्रान्समिसन ५८ लाख ९० हजार रुपैया, स्टाईल म्यानुअल ट्रान्समिसन ६० लाख ९० हजार र अटोमेटिक ट्रान्समिसन ६५ लाख ९० हजार रुपैया बजारमुल्य तोकिएको छ।


एक समारोहका बिच संरक्षक शान्तिदेवि श्रेष्ठले नया क्रेताहरु महेश्वर श्रेष्ठ, संजिव विक्रम मल्ल, दुर्गा कटुवाल चाबी हस्तान्तरण गरिन । अहिले सम्म एक दर्जन सवारी बुकिङ विक्रि भएको छ ।

जर्मन कम्पनीबाट उत्पादन भएको सवारी विश्वमा नै उत्कृष्टमा पर्ने गर्दछ । रोबेस्ट र मस्कुलर लुक रहेको कुशाकले नेपाली एसयुभि प्रेमीको मन जित्ने प्रा लि का संचालक लक्ष्मि श्रेष्ठको दाबी छ ।

कुशाक अगाडीको भागमा चौडा र अद्वितिय स्कोडा ग्रिल, डुअल हेलाईट सेटअप, एलईडी डिआरएल र फगल्याम्प छ। रुफ रेल र १७ ईन्चको डायमण्ड कट अलोयह्विल छ । पछाडीको भागमा स्प्वाईलर, फक्स लिस्भर डिफ्युजर, र्याप-अराउण्ड एलडी टेललाईट समेत छ । सुरक्षाका लागि ६ एअरब्याग, रियर पार्किङ क्यामरा, आईसोफिक्स चाइल्ड सिट माउन्ट, अटो हेडल्याप र वाईपर मल्टीकोलिजन ब्रेकिङ सिस्टम रहेको छ ।

एमएडब्लुका विजनेश डेभलोपमेन्ट अफिसर विकास शर्माले ई एससी सबै भेरियन्टमा र जुन सेग्मेन्ट मै पहिलो भएको दाबी गरे ।

यसको ईन्टरियर चालकलाई सहज बनाउन राखिएको सिम्प्ली क्लेभर फिचर भएको आधुनिकता र सुन्दरताको उत्कृष्ट संयोजन हुनेछ। यसमा १० ईन्चको टचस्क्रिन ईन्फोटेनमेन्ट सिस्टम, सनरुफ, भेन्टिलेटेड सिट, एम्बायन्ट लाईटिङ, कुल्ड ग्लोबबक्स, ५० वाटको सबवुफर सहित सिक्स स्पिकर जडान छ। सर्भिस सेन्टर हाइ वे अटो भिल्ला गर्ने छ ।

बजारमा स्कोडाका विभिन्न पाच मोडेलमा सवारी छन। जसमा रेपिड टिएसआई का पाच भेरिअन्टमा ३६ लाख ९० देखि ५१ लाख ९० हजारसम्मका छन । यसैगरि रेपिड टिएसआई एटी ५ भेरिअन्टका ४४ लाख ९० हजारदेखि ५८ लाख ९० हजार सम्म, सुपरबि टिएसआईएटी दुई भेरिअन्टमा सपोर्टलाईन १ करोड ३९ लाख र एल एण्ड के १ करोड ४९लाख का छन। करोक टिडिआई एटी एम्बिसन प्लास १ करोड ३० लाख र कोडिक टिडिआई एटी स्टाईल १ करोड ६५ लाख रुपैयाको बजारमा छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*