तिलोत्तमा चेम्बरले लगायो एक हजार व्यवसायीलाई कोरोना खोप

खबरपथ संवाददाता
३ भाद्र २०७८, बिहीबार १८:४६

तिलोत्तमा । तिलोत्तमा चेम्बर अफ कमर्शले आफ्ना एक हजार सदस्यलाई कोभिड विरुद्धको खोप लगाएको छ । चेम्बर अफ कमर्शले दुई चरणमा गरी एक हजार जनालाई खोप लगाएको थियो । तिलोत्तमा नगरपालिका र जिल्ला प्रशासन कार्यालय सँगको समन्वयमा चेम्बर अफ कमर्शले व्यवसायीलाई कोभिड विरुद्ध खोपको व्यवस्था गरेको हो ।

एक हजार जना व्यवसायीले खोप लगाए पनि अझै प्रयाप्त नभएको र थप खोप उपलव्ध गराउनु पर्ने संस्थाका अध्यक्ष बाबुलाल भुसालले माग गरे । छुटेका व्यवसायीलाई अर्को चरणमा खोप उपलव्ध गराइने उनले बताए ।
संस्थाले बिहीबार तिलोत्तमा नगरपालिका मै पाँचसय जना व्यवसायीलाई भेरोसेल खोप लगाएको प्रथम उपाध्यक्ष रामचन्द्र पाण्डेले बताए । यस अघि पहिलो चरणमा संस्थाले पाँच सय व्यवसायीलाई अमेरिकी जोनसोन एण्ड जोनसोन खोप लगाएको थियो ।
कोरोना महामारीका समयमा व्यवसायीहरु जोखिममा रहेकाले संस्थाको पहलमा खोपको व्यवस्थापन गरिएको संस्थाका महासचिव विष्णु बरालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*