बुटवलको ज्योतीनगरमा पहिरो जाँदा दर्जन बढी घरमा क्षति
बुटवल । रुपन्देहीको बुटवल – ३ ज्योतीनगरमा पहिरो जाँदा दर्जन बढी घरमा क्षति भएको छ । आईतबार विहान चुरेबाट खसेको पहिरोले मनमाया भाट क्षेत्री लगायत एक दर्जन घरमा क्षति भएको हो ।
ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार ४ घरमा पहिरो पसेको छ । बिहान ६ बजेपछि पहिरो खसेकाले घरमा रहेकाहरु भागेर सुरक्षित भएका र मानवीय क्षति नभएको पले जनाएको छ ।
पहिरोले बुटवलको गोलपार्क देखि लक्ष्मीनगर जाने सडकमा क्षति पुर्याएर आवागमन अवरुद्ध भएको र त्यहाँ रहेको बिजुलीको पोल पनि बगाएको छ । पहिरो गएपछि स्थानीयले क्षति पुगेका घरमा रहेका सामान सुरक्षित स्थानमा सारेका छन् । त्यसैगरी पहिरोले क्षति पुग्न सक्ने घरबाट समेत सामान अन्यत्र सार्ने तयारी गरिरहेका छन् ।
उक्त ठाउँमा २०५५ साल भदौ २० गते पनि पहिरो खस्दा ५७ घरमा क्षति पुगेको थियो ।






















