बुटवलको ज्योतिनगरमा लेदो सहितको पहिरो अझै रोकिएन

खबरपथ संवाददाता
१४ भाद्र २०७८, सोमबार २१:३३

बुटवल ।  अवरिल वर्षासंगै बुटवल वडा नं ३ ज्योतीनगरमा आएको लेदो सहितको पहिरो अझै रोकिएको छैन भने सोमबार चुरेबाट खसेको पहिरोले ७ घर पुरिएका छन । थप ५० घरमा क्षति पुगेको बुटवल उपमहानगरपालकिाले जनाएको छ ।

वर्षासंगै आईतबार बिहान आएको पहिरोले ज्योतीनगरको बमघाटमा चारवटा घरमा क्षति पुगेको थियो । वर्षा नरोकिएको र माथिबाट ठूला ढुंगा सहितको लेदो हिलो बगिरहेका कारण थप क्षति भएको हो ।

पहिरोले ज्योतीनगरका अम्मर विक, सीता थकाली, तुल्सा सुवेदी, यमबहादुर पुन, मनकुमारी शर्मा, इश्वरा पाण्डे र रोशन राणाको घर पुरेको हो । पहिरोले बुटवलको गोलपार्क–लक्ष्मीनगर जोड्ने सडक समेत बगाएको छ । अहिले पुन: माथिबाट ठुला ढुंगा सहतिको लेदो पहिरो रोकएिको छैन ।

चुरेबाट आएको पहिरोको कारण उच्च जोखिममा रहेको ज्योतीनगरका बासिन्दालाई सुरक्षित ठाउँमा बासस्थानान्तरण गर्न नगरपालिकाले आग्रह गरेको छ । उक्त ठाउँमा २३ वर्ष पहिला पनि चुरेबाट पहिरो जाँदा ५७ घरमा क्षेती भएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*