सयपत्री युवा क्लबको अध्यक्षमा काउचा
बुटवल । सयपत्री युवा क्लबको १२ अाै साधारण सभा तथा साताै अधिवेसनबाट विशाल काउचाको अध्यक्षतामा नया नेतृत्व चयन भएको छ। सोमबार भएको क्लबको अधिवेशनबाट उपाध्यक्षमा थम बहादुर पुन, सचिब निरज गुरुङ, सहसचिव सन्ताेस गुरुङ, काेषाध्यक्ष प्रिया सारु तथा सदस्यहरु दिपेस गुरुङ ,दिपेन्द्र राना, अभिशेष ठाकुर, सुष्मा गुरुङ , राेहन राना, लव गुरुङ निर्वाचित भएका छन। कार्यक्रमको बुटवल उपमहानगरपालिका वाड नं १० अध्यक्ष पदम बहादुर थापाले उद्घाटन गर्दै खेल विकासमा क्लबको योगदानबारे चर्चा गरेका थिए ।
क्लबका अध्यक्ष विशाल काउचाले फुटबलमा पहिचान बनाएको क्लबलाई थप सशक्त बनाउने गरि दिर्घकालिन योजनासहित अघि बढ्ने बताए। कार्यक्रममा कार्यपालिका सदस्य माया बरालले युवाहरुलाई एकतावघ्द गराएर खेलकुद र सामाजिक क्षेत्रमा अग्रसर गराउन सफल भएको बताईन। यस क्षेत्रमा खेलकुद गतिविधि गर्ने पुरानो क्लबमध्येमा पर्ने सयपत्री सामाजिक गतिविधिमा समेत क्रियाशिल रहेको छ।





















