एमाले नेताद्धय पौडेल र रायमाझीद्धारा ज्योतीनगर पहिरोग्रस्त क्षेत्रको अवलोकन

खबरपथ संवाददाता
२१ भाद्र २०७८, सोमबार २१:०२

बुटवल ।  नेकपा एमालेका नेताद्धय विष्णु पौडेल र टोपबहादुर रायमाझीले बुटवलको ज्योतीनगरमा खसेको पहिरोको अवलोकन गर्नु भएको छ । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको बैठकमा सहभागी हुन सोमबार बिहान बुटवल आउनु भएका नेताद्धय पौडेल र रायमाझीले दिउसो ज्योतिनगर पहिरोको अवलोकन गर्नुभएको हो ।

पहिरोको निरीक्षण गर्दै नेता पौडेलले चुरे पहिरो नियन्त्रण र संरक्षणका लागि सरकारलाई गम्भिर भएर लाग्न आग्रह गर्नु भयोे । उहाँले चुरे पहिरो नियन्त्रणका साथै बस्ती सुरक्षाका लागि सरकार गम्भिर भएर लाग्नु पर्ने बताउनु भयो । उहाँले तीनवटै तहका सरकारको साझा प्राथमिकतामा राखेर नियन्त्रणका काम गर्नुपर्ने बताउनुभयो ।

निरिक्षणमा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुबदीले पहिरोबाट उत्पन्न क्षति र थप जोखिमको प्राविधिक अध्ययन गरेर रिपार्ट तयार पार्ने काम भइरहेको जानकारी गराउनुभयो ।

भदौ १३ र १४ गतेको परेको अबिरल बर्षाका कारण बुटवलको ज्योतीनगर क्षेत्रमा पहिरो गई बस्तीमा क्षति पु¥याए पछि नेताद्धय पौडेल र रायमाझी यस क्षेत्रको अवलोकनका लागि आउनु भएको हो । २३ बर्ष पछि फेरी दोहोरीएर आएको पहिरोले बुटवलका वडा नं ३ र ४ अन्तरगत ज्योतिनगर क्षेत्रमा रहेका १० घरमा क्षति पु¥यायो भने ६० भन्दा बढी घरमा लेदो पसेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*