नेपाल औषधी ब्यवसायी संघ रुपन्देहीको कार्यशाला शुरु : १० लाखको ब्यवसायिक हित कोष खडा

खबरपथ संवाददाता
२५ भाद्र २०७८, शुक्रबार २२:३८

बुटवल।नेपाल औषधी ब्यवसायी संघ जिल्ला शाखाको आयोजनामा पदाधिकारी तथा सदस्यहरुलाई शुक्रबार देखि दुई दिने वार्षिक कार्य योजना कार्यशाला तथा ब्यवस्थापकिय क्षमता अभिवृद्धि तालिम लुम्बिनीमा शुरु भएको छ । गुणयुक्त असरयुक्त जन सुरक्षित औषधिको आपूर्ति हाम्रो प्रतिवद्घता नारा सहित स्थापना भएको संघले ब्यवसायिहरुको दक्षता अभिवृद्धि गर्ने संगै वर्षभरि संघबाट गरिने कार्यक्रमको योजना बनाउने उदेश्यका साथ शुक्रबार देखि कार्यशाला गरेको हो ।

नेपाल औषधी ब्यसायी संघ केन्द्रीय निवर्तमान अध्यक्ष बाबुराम भट्टराईले कार्यशालाको उद्घाटन गर्दै ब्यवसाय संगै सामाजिक कार्यमा संघको पहिचान भएको बताए ।

नेपाल औषधी ब्यवसायी संघका केन्द्रीय उपाध्यक्ष सुनिल श्रेष्ठले प्रदेश र जिल्लाका सदस्यहरु सहभागी भएको तालिमको मुलभुत उद्येश्य हासिल हुनेमा आशाबादी रहेको बताए । ब्यवसायीको नविकरण र औषधीको मुल्यको विषयमा रहेको समस्या समाधानमा सरकारको ध्यान नगएको उनले दुखेसो गरे । संस्थागत सम्बन्ध बिस्तारलाई सधै प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने उनले बताए ।

संघका जिल्ला अध्यक्ष सुरज भट्टराईले महिना अघिदेखि प्रिवर्कसप गरेर तयार गरिएको विषय बस्तुलाई तालिम गरिएको बताए । कार्यशालामा ब्यवसायिक हित कोष खडा गर्ने समेत उनले बताए । ब्यवसायीहरुबाट स्वत स्फूर्त रुपमा सहयोग उठाएर न्युनतम १० लाखको कोष बनाउने तयारी रहेको उनले बताए ।

औधोगिक ब्यवसाय विकास प्रतिष्ठानका मुकुन्द ज्ञवालीले कार्यशालामा सहभागीलाई प्रमुख प्रशक्षिक तथा नेपाल औषधी ब्यवसायी संघ केन्द्रीय खुद्रा उपाध्यक्ष राम प्रसाद खरेल, प्रदेश अध्यक्ष शिव ज्ञवाली, विशेष सल्लाहकार डा. रोहित राज क्षेत्रीले सहजिकरण गरि सहयोग गरेका थिए ।

कार्यक्रममा लोकहरि श्रेष्ठ, सल्लाहकार अमृत सुवेदी, प्रदेश सदस्य थानेश्वर ज्ञवाली, थानेश्वर अर्याल, विष्णु प्रसाद भट्टराई, वैकुण्ठ कोईराला, प्रभा भण्डारी, विज्ञान श्रेष्ठ, संघका जिल्ला उपाध्यक्ष खड्ग बस्नेतले समाजमा सफलता प्राप्त गर्न ब्यवहारिक ज्ञान आवश्यक हुने भन्दै अध्ययनको डिग्रिबाट यो प्राप्त हुन नसक्ने दाबी गरे । यसैगरि हरेक क्षेत्रमा सदुपयोग महत्वपूर्ण हुने दाबी गर्दै रकम, समय जुनसुकै सदुपयोग हुन सकेमात्र त्यसको प्रतिफल आउने उनिहरुको तर्क छ ।

तालिम आयोजनाका लागि संघका क‍‍ोषाध्यक्ष कृष्ण प्रसाद भट्टराई, सहकोषाध्यक्ष माधव खनाल, कपिल ज्ञवाली, मुकुन्द ज्ञवाली, गणेश सेढाई, केदार नेपाल, असोक क्षेत्रीले विभिन्न कार्यहरुमा रहेर तालिम संचालनमा सहयोग गरेका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*