बालदिवसमा वक्तृत्वकला

भोजराज भट्टराई
२९ भाद्र २०७८, मंगलवार १९:२०

पाल्पा  । ३७ औं राष्ट्रिय बालदिवसको अवसरमा ‘बालमैत्री गाउँपालिकाको दीगोपनाको लागि सरोकारवालाहरूको भूमिका’ विषयमा यहाँको बगनासकाली गाउँपालिकामा वक्तृत्वकता प्रतियोगिता सम्पन्न भयो । कार्यक्रम शिक्षाको लागि राष्ट्रिय अभियान जिल्ला समन्वय समिति पाल्पासँग समन्वय गरि आयोजना गरिएको हो ।

प्रतियोगितामा प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्ती, शिक्षाको लागि राष्ट्रिय अभियान पाल्पाका सदस्य सचिव माधव अर्याल र गाउँपालिकाका एम।आइ।एस। भोजराज भट्टराईले मूल्याङ्कन गर्नुभएको थियो । वक्तृत्वकला प्रतियोगितामा प्रतिक्षा गैरे प्रथम, सुप्रिया बस्याल द्वितीय र दिनेश सारु तृतीय भएका थिए । वक्तृत्वकता प्रतियोगितामा ६ वडाका बालसमन्वय समितिबाट प्रतिनिधित्व रहेको थियो । प्रथम, द्वितीय र तृतीय प्रतियोगिलाई नगद, प्रमाण पत्रसहित पुरस्कारको व्यवस्था गरिएको बालमैत्री फोकल पर्सन एवम् शिक्षा शाखा प्रमुख गुनाराम खनालले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले बालमैत्री दिगोपना सुनिश्चितताको लागि गाउँपालिकाले प्राप्त सुझावलाई अक्षरस पालना गरेर अगाडि बढ्ने बताउनुभयो । उहाँले बालमैत्री गाउँपालिका घोषणा भइसकेको अवस्थामा अव कार्यान्वय पक्षलाई प्रभावकारी बनाउनेगरी गाउँपालिकाले नीति तथा कार्यक्रम बनाएको जानकारी दिनुभयो ।


गाउँपालिका उपाध्यक्ष सरस्वती चिदी दर्लामीले सहभागी बालबालिकालाई शुभकामना दिदै बालबालिकाको क्षमता, अभिवृद्धि र सशक्तिकरणको लागि सचेतनाका कार्यक्रमलाई नियमितता दिइने जनाउनुभयो । कार्यक्रमका अन्य वक्ताहरूले सञ्जालमा आवद्ध किशोरकिशोरीलाई अतिरिक्त क्रियाकलापमा सहभागी भएर अगाडि बढ्न र रचनात्मक बन्न आग्रह गर्नुभएको थियो । बगनासकाली गाउँपालिकास्तरीय बालसञ्जालका अध्यक्ष इन्दु गाहाको अध्यक्षतामा चलेको कार्यक्रमको सञ्चालन बालमैत्री फोकल पर्सन गुनाराम खनालले गर्नुभएको थियो । बगनासकाली गाउँपालिकालाई गत चैत्र १४ गते लुम्बिनी प्रदेशकै पहिलो बालमैत्री गाउँपालिका घोषणा गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*