रुपन्देहीका पत्रकार बिन्दु कुमार चौहानको निधन
बुटवल । रुपन्देहीका पत्रकार बिन्दु कुमार चौहानको निधन भएको छ । चौहानको उपचारका क्रममा भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्स ९युसिएमएस० मा गएराति साढे १२ बजे उनको निधन भएको हो ।
लुम्बिनी क्षेत्रमा रहेर २ दशकदेखि पत्रकारिता गरिरहेका चौहान ३ दिनअघि निमोनिया देखिएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका थिए । उनको अवस्था गम्भिर भएसँगै युसिएमएसमा रिफर गरिएको थियो ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका सदस्य तथा रुपन्देही शाखाका पुर्व कार्यसमिति सदस्य तथा साधारण सदस्य समेत रहेका चौहन बुद्ध टेलिभिजन, बुटवल टुडे लगायत रुपन्देहीका विभिन्न मिडियामा कार्यरत रहेका थिए ।
४५ वर्षिय चौहानका १ श्रीमती, ४ छोरा र ३ छोरी रहेका छन् । उनको अन्तिम संस्कार स्थानीय कोठी नदिमा गरिने पारिवारिक श्रोतले जनाएको छ ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले पोख्रेलले चौहानको निधन प्रति दुखः ब्यक्त गरेका छन् । उनले स्वाभिमानी र निडर सहकर्मीलाई गुमाउनु परेको बताए । त्यसै गरी पत्रकार सम्बद्ध संङघ संस्थाहरूले चौहानको निधनमा दुस्ख ब्यक्त गरेका छन् ।
खबरपथ डट.कम. पत्रकार चौहानको चीर शान्तिको कामना सहित परिवारमा समवेदना ब्यक्त गर्दछ ।






















