नगरप्रमुख छात्रवृत्ति वितरण : सामुदायिक विद्यालयका ४२ विद्यार्थीले पाए छात्रवृत्ति

खबरपथ संवाददाता
३० भाद्र २०७८, बुधबार २१:३२

बुटवल ।  तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरेले आफ्नो सेवा–सुविधा बापतको रकमबाट सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नु भएको छ। बिगत ४ बर्ष देखि निरन्तर प्रदान गर्दै आउनु भएका नगर प्रमुख घिमिरेले यस अघि नैं घोषणा गर्नु भए अनुसार चालु शैक्षिक सत्रको लागि ४२ सामुदायिक विद्यालयका ४२ जना विद्यार्थीलाई जनही ७ हजारका दरले मंगलबार नगरपालिकाको प्राङ्गणमा छात्रवृत्ति प्रदान गरिएको हो ।

नगर प्रमुख घिमिरेले आफ्नो कार्यकालको सम्पूर्ण पारिश्रमिक छात्रवृत्तिमा लगाउने घोषणा गरे सँगै हरेक वर्ष सबै सामुदायिक विद्यालयका एक/एक जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिँदै आइ रहनुभएको छ । सोही अनुसार मंगलबार सामुदायिक बिद्यालयमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई जनहीँ ७ हजार रुपैंयाँ छात्रवृत्ति रकम प्रदान गरिएको हो ।नगरपालिकाले छात्रवृत्ति वितरणलाई व्यवस्थित बनाउन कार्यविधि बनाई छनौट तथा व्यवस्थापन समिति गठन संगै कोष समेत संचालन गरेको छ। नगरपालिकाको शिक्षा समितिलाई पूर्ण ब्यबस्थापनका लागि जिम्मा दिदै सम्बन्धित विद्यालय व्यवस्थापन समितिको निर्णय र वडा कार्यालयको सिफारिसको आधारमा गरिव, जेहेन्दार तथा विपन्न वर्गका विद्यार्थीले छात्रवृत्ति प्राप्त गर्दै आएका छन् । छात्रवृत्तिलाई दिगो बनाउन कार्यविधि अनुसार कोषको समेत व्यवस्था मिलाइएको शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले जानकारी दिनुभयो ।

छात्रवृत्ति वितरण कार्यक्रममा नगर प्रमुख घिमिरेले सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई प्रोत्साहन गर्न आफूलाई प्राप्त हुने पारिश्रमिक रकमबाट नगरका सबै सामुदायिक विद्यालयका एक/एक जना जना विद्यार्थीलाई छात्रवृत्तिको रुपमा रकम उपलब्ध गराएको बताउनुभयो । सामुदायिक विद्यालयको शैक्षिक र भौतिक पूर्वाधार सुधारका कामलाई जोड दिँदै पुरानो अवस्थालाई हेर्दा अहिले निकै सन्तोष जनक अवस्था भएको बताउदै नगरप्रमुख घिमिरेले आफ्नो पारिश्रमिक रकम पनि सामुदायिक विद्यालयकैं विद्यार्थीको हितमा लगाउन पाउदा निकै खुसि लागेको बताउनु भयो। नगरप्रमुख घिमिरेले तिलोत्तमा नगरभित्र घटेका विभिन्न खाले घट्नाको सन्दर्भमा बोल्दै घटनालाई अतिरन्जित नबनाई अनुसन्धानमा सघाउन सबैले कोसिस गर्नुपर्ने र त्यसमा बाधा दिने काम नगर्न आग्रह समेत गर्नुभयो।

कार्यक्रम तिलोत्तमा नगरपालिकाका उप–प्रमुख जगेश्वरदेवी चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो। सो अवसरमा बोल्दै तिलोत्तमा नगरपालिकाका नगर उपप्रमुख घिमिरेले सो छात्र वृत्ति कार्यक्रम जीवित राख्न र शिक्षाको पहुँच सबैमा पुर्याउन नगरपालिकाले राम्रो प्रयास गरेकोले आगामी दिनमा समेत यसलाई जोगाउन सबै लाग्नुपर्ने बताउनुभयो। उहाले विद्यार्थीको सिकाइ प्रक्रियामा कुनै कीसिमको नकारात्मक प्रभाव नपरोश भन्नका लागि अभिभावकलाइ पनि आर्थिक सहजता होस् भन्ने हेतुले छात्रवृत्ति प्रदान गरिएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत प्रदिप पौडेलले शिक्षा जस्तो संबेदनशील बिषयमा नगरप्रमुखले ल्याएको यो कार्य अत्यन्त उत्कृस्ट रहेकोले यसअभियानमा जुट्न सबैलाइ आग्रह गर्नुभएको थियो। उहाले नगरपालिकाको तर्फबाट सरकारले शिक्षाको लागि के गर्नुपर्छ त्यो गर्न पछि नपर्ने बताउदै हेर्दा यो सानो रकम देखिए पनि देशमै यो ठुलो कार्य रहेको बताउनुभयो। नेकपा माओबादीकानगर अध्यक्ष लक्ष्मण खनाल, नेकपा एमालेका यज्ञ गैरे, जन जागृति माविका प्र अ टंक प्रसाद पौडेल, शान्ति माविका प्रअ कुलप्रसाद लामिछाने, विद्यार्थी सपना सुनार लगायतले पारिश्रमिकको रकम छात्रवृत्तिमा लगाउनु भएकोमा नगर प्रमुख घिमिरेको मुक्तकंठाले प्रशंसा गर्नुभएको थियो । कार्यक्रमको संचालन नगरका प्रबक्ता सुरेन्द्र श्रीले गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*