रुपन्देहीकी पत्रकार सन्जु पौडेल सम्मानित

खबरपथ संवाददाता
३१ भाद्र २०७८, बिहीबार ०७:०९

बुटवल । रुपन्देहीकी पत्रकार सञ्जु पौडेल पाण्डेय सम्मानित भएकी छिन् । मावन बेचबिखनविरुद्धको १५ औँ राष्ट्रिय दिवसको अवसरमा मानव बेचबिखन नियन्त्रणमा सहयोग पुर्याएको भन्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले उनलाई नगद सहित सम्मान गरेको हो ।

उनलाई मन्त्रालयका सचिव यमकुमारी खतिवडा, राष्ट्रिय योजना आयोगका सदस्य सलोनी प्रधान सिंहले जनही रु १० हजारसहित सम्मान गरेका हुन् । पौैडेल विगत एक दशकदेखि पत्रकारितामा सक्रिय रहेकी छन् । उनी कान्तिपुर दैनिकमा आबद्ध छिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*