तिलोत्तमा चेम्बरको रक्तदानमा ५३ युनिट रगत संकलन
तिलोत्तमा । तिलोत्तमा चेम्बर अफ कमर्स (व्यापार संघ) को आठौं स्थापना दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ५३ युनिट रगत संकलन भएको संघका कार्यालय प्रमुख रामु सापकोटाले जानकारी दिए ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जगेश्वरदेवी चौधरी, तिलोत्तमा नगरपालिका वडा नम्बर ५ का अध्यक्ष चेतनारायण भण्डारी, नमस्ते नेपालका अध्यक्ष अर्जुन खरेल, प्रमुख सल्लाहकार रुपन्देहीबाट प्रथम उपाध्यक्ष डिल्लीराज भण्डारी, संघका पदाधिकारी, कार्यसमिति सदस्य, लेखासमिति, सल्लाहकार समिति, पुर्व कार्यसमिति, पुर्व लेखासमिति, पुर्व सल्लाहकार समिति, उद्योगी, व्यवसायीहरु एवं कर्मचारीहरुको उपस्थिति रहेकोे थियोे ।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख चौधरीले संस्थाले गरेका व्यावसायिक एवं सामाजिक कार्यहरु प्रति धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा संस्थाको अझ बढी प्रगतिको कामना ब्यक्त गरेका थिए ।
तिलोत्तमा नगरपालिका वडा नम्बर ५ का अध्यक्ष चेतनारायण भण्डारीले अब सबै पक्ष सकारात्मक रहेको हुँदा छिट्टै आफ्नै भवन निर्माण कार्य सुरु हुने जानकारी गराए ।
अध्यक्ष बाबुलाल भुसालले संघले गरेका व्यावसायिक एवं सामाजिक कार्यहरु निरन्तर अगाडी बढाउदै लैजाने बताए ।
त्यस अवसरमा संस्थाका प्रथम उपाध्यक्ष रामचन्द्र पाण्डे, तिलोत्तमा नगरपालिका वडा नम्बर ५ का अध्यक्ष चेतनारायण भण्डारी, नमस्ते नेपालका अध्यक्ष अर्जुन खरेल, रुपन्देही ब्यापार संघ प्रथम उपाध्यक्ष डिल्लीराज भण्डारी, संस्थाका महासचिव बिष्णु बराललगायतले मन्तव्य व्यक्त गरेका थिए ।






















