बुटवल उधोग वाणिज्य संघमा भाँडा तथा प्लाष्टिक बस्तुगत समिति गठन
बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा भाँडा तथा प्लाष्टिक बस्तुगत समिति गठन गरिएको छ । संघका सदस्य वयबसायी कमल दिन मियाको सभापतित्वमा गठित समितिको उपसभापतिमा वालनरसिंह कुवंर (अनिल) लाई चयन गरिएको छ ।
समितिको सचिवमा अर्नल शाक्य, कोषाध्यक्षमा राजिव श्रेष्ठ तथा सदस्यहरुमा रिसव थैव, वैदनाथ गुप्ता, कृष्ण केसी र नरसिंह आलमलाई चयन गरिएको छ । त्यस्तैगरी टिकाराम वञ्जाडे, कमल पौडेल र रामु भण्डारीलाई सल्लाहकारमा चयन गरिएको छ ।
त्यस अवसरमा बोल्दै संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले व्यबसायिको हकहित र उनीहरुका समस्या समाधानको लागि प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाले व्यबसायीका समस्या पहिचान गर्न आग्रह गर्दै पहिचान भएका समस्या समाधानको लागि संघले पहल र पैरवी गर्ने जानकारी गराउनु भयो ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, संघका कार्यसमिति सदस्य तथा बस्तुगत समितिका पूर्व सभापति टिकाराम वञ्जाडे लगायतले भनाई राख्नु भएको थियो ।
कार्यक्रम संघका वाणिज्य उपाध्यक्ष नरिश्वर शर्मा पौडेलको अध्यक्षता र उक्त बस्तुगत समितिका समन्वयकर्ता सुमोदमान सैजुको समन्वयमा भएको थियो । त्यस अवसरमा नवनिर्वाचित सभापति मियाले सबै व्यबसायीलाई समेटेर संघसंग समन्वय गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।






















