नगर प्रमुख सुवेदीमाथि हातपात गर्ने काम निन्दनीय – बुटवल उपमहानगरपालिका

खबरपथ संवाददाता
४ आश्विन २०७८, सोमबार १९:३२

बुटवल । बुटवल उपमहानगरपालिकाले नगर प्रमुख शिवराज सुवेदीमाथि हातपात गर्ने काम निन्दनीय भएको जनाएको छ । बुटवल उपमहानगरपालिकाले सोमबार पत्रकार सम्मेलन गर्दै नगर प्रमुख माथि भएको उक्त घटनामा संलग्न उपर छानबिन गरी यथाशीघ्र कारवाही गर्न माग गरेको हो ।

प्रवक्ता रामप्रसाद रेग्मीले जारी गरेको विज्ञप्तिमा सोमबार विहान देखि परेको मुसलधारे वर्षाका कारण थप भूस्खलन भई क्षतिको खबर प्राप्त भएपछि मेयर सुवेदी, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत लगायतका प्राविधिक टोलीसहित पहिरो स्थलमा निरीक्षण, राहत, उद्दार र व्यवस्थापनका लागि पुगेको बेला अराजक व्यक्तिहरुले नियोजित रुपमा सुरक्षा निकायको उपस्थितिमा प्रमुखमाथि आक्रमणको प्रयास हुनु दुखद, निन्दनीय र खेदजनक भएको विज्ञप्तिमा जनाइएको छ ।

प्रवक्ता रेग्मीले ज्योतिनगरको प्रकोपको नियन्त्रण र व्यवस्थापन कार्य उपमहानगरपालिकाको क्षमताले मात्र हुन नसक्ने पनि बताएका छन् ।

सोमबार विहान मेयर सुवेदीसहितको टोली ज्योतिनगर पुगेको थियो । त्यस क्रममा मेयर सुवेदीमाथि हातपात भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*