कंचन प्याब्सनको अध्यक्षमा सुवेदी

खबरपथ संवाददाता
४ आश्विन २०७८, सोमबार १९:५२

बुटवल । निजी विद्यालय सञ्चालकहरुको संगठन निजी तथा आवासीय विद्यालय संघ (प्याब्सन) कंचनको अध्यक्षमा सुरेन्द्र सुवेदी चयन हुनु भएको छ ।

कंचन प्याब्सनको तेस्रो साधारण सभा तथा दोस्रो अधिबेशनले मोर्डन भिजन एकेडमीका संचालक सुरेन्द्र सुवेदीको नेतृत्वमा ६ सदस्यिय कार्यसमिती चयन गरेको हो । जसको सचिबमा लिटिल रोज स्कुलका यमन भण्डारी, कोषाध्यक्षमा कृयटिभ लुम्बिनी इ. स्कुल का हेम बहादुर थापा लगायत तीन सद्स्य चयन हुनुभएको छ ।

रुपन्देही जिल्ला प्याब्सनका अध्यक्ष लेखनाथ पौडेलको प्रमुख अतिथ्यतामा सम्पन्न अधिवेशनमा जिल्ला सचिब लक्ष्मण ज्ञवाली, जिल्ला उपाध्यक्ष एकनारायण काफ्ले लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*