बुटवलका प्रमुख सुवेदीमाथि मुक्का प्रहार गर्ने युवक पक्राउ
बुटवल । बुटवलका प्रमुख शिवराज सुवेदीमाथि मुक्का प्रहार गर्ने गणेश पंगेनी पक्राउ परेका छन् । उनले सोमबार बाढी प्रभावित क्षेत्र निरीक्षण गर्न ज्योतिनगर पुगेका मेयर सुवेदीमाथि मुक्का प्रहार गरेका थिए । उनलाई पक्राउ गरि ईलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।
पंगेनीमाथि दुर्व्यवहार वा शान्ति सुरक्षासम्बन्धी मुद्दामा कारबाही हुने प्रहरीले जनाएको छ । पंगेनी लुम्बिनी वाणिज्य क्याम्पसमा अध्ययनरत अनेरास्ववियू जिल्ला कमिटी सदस्य हुन् ।
मेयरमाथि मुक्का प्रहार भएपछि बुटवल उपमहानगरपालिका र एमाले बुटवल उपमहानगर कमिटीले पक्राउ गरी कारबाही गर्न माग गरेका थिए ।






















