प्रेसलाई अकुंश लगाउने कानून स्विकार्य हुदैन : केन्द्रीय अध्यक्ष पाेखरेल
बुटवल । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पाेख्रेलले प्रेसलाइ अकुंश लगाउने कुनै पनि कानुन स्विकार्य नहुने बताउनु भएको छ । संघ र प्रदेश सरकारले प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई सकुंच गर्ने खालका कानुन निर्माण गरेको भन्दै उहाँले त्यस प्रकारका कानुन स्विकार्य नहुने बताउनुभयो ।
नेपाल पत्रकार महासंघको आयोजना तथा रूपन्देही शाखाको समन्वयमा सोमबारदेखि बुटवलका शुरू भएको एक हप्ते आधारभूत पत्रकारिता तालिमको उद्घाटन गर्दै अध्यक्ष पोख्रेलले प्रेसमैत्री कानुन बनाउन तीन तहकै सरकारको ध्यानाकर्षण गराउनुपर्ने बताउनुभयो । लुम्बिनी प्रदेश सरकारले बनाएको कानुन प्रेस विरोधी भएको तर्फ संकेत गर्दै अध्यक्ष पोख्रेलले प्रेस स्वतन्त्रतालाई अंकुश लगाउले खालका कानुनको विरुद्धमा पत्रकार महासंघ मात्र नभएर समग्र मिडिया क्षेत्रले लेख्न र बोल्न जरुरी रहेको बताउनुभयो ।
त्यसैगरी नेपाल पत्रकार महासंघ निवर्तमान अध्यक्ष गोविन्द आचार्यले लेख्न सके पत्रकारीता क्षेत्रमा अवसरको कमि नरहेको बताउदै उहाँले पत्रकार महासंघ पत्रकारहरूको क्षमता अभिवृद्दि र पेसागत सुरक्षाका लागि विगतदेखि नै काम गरिरहेको बताउनु भयो ।
तालिम शुभारम्भ कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनीका महासचिव बिक्रम खड्का, लुम्बिनी प्रदेशका मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह बिश्वकर्मा, पत्रकार महासंघ रूपन्देही अध्यक्ष रामराज पोख्रेल, सचिव विनोद परियारले लगायतले शुभकामना दिनु भएको थियो ।आयोजित एक हप्ते तालिममा रुपन्देहीका विभिन्न मिडियाका समाचार कक्षमा कार्यरत ४० जना पत्रकार सहभागी छन् ।





















