प्रमुख जिल्ला अधिकारी तामाङ्गलाई रुपन्देही उद्योग संघद्धारा विदाई

खबरपथ संवाददाता
५ आश्विन २०७८, मंगलवार ०७:०२

बुटवल । रुपन्देही जिल्लाबाट सरुवा भई चितवन जान लाग्नु भएका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई रुपन्देही उद्योग संघले एक समारोहका बीच सम्मान सहित विदाई गरेको छ । संघका अध्यक्ष बाबुराम बोहोराको अध्यक्षतामा सम्पन्न समारोहमा तामाङ्गले रुपन्देहीको शान्ति, सुरक्षा, औद्योगिक विकास र कोभिडको विषम परिस्थितिमा खेल्नु भएको नेतृत्वदायी भू्रमिकाको प्रसंसा गर्दै संघद्धारा सम्मान गरिएको हो ।

समारोहमा बोल्नु हुँदै संघका अध्यक्ष बाबुराम बोहोराले प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गको प्रशासनिक दक्षता, उद्योग क्षेत्रको दख्खल र वहाँको मिजासिलो स्वभावको प्रसंसा गर्नुहुँदै आगामी प्रशासनिक सफल जीवनको शुभकामना व्यक्त गर्नु भएको थियो । साथै वहाँले रुपन्देही जिल्लामा रहँदा व्यवसायिक संघहरु सँगको सहकार्य उदाहरणीय रहेको समेत बताउनु भएको थियो । समारोहमा बोल्नुहुँदै प्रमुख जिल्ला अधिकारी तामाङ्गले यस जिल्लामा रहँदा आपूmलाई प्राप्त भएको सहयोग प्रति आभार व्यक्त गर्नुहुँदै आगामी दिनहरुमा समेत प्रतिवद्धता समेत व्यक्त गर्नु भएको थियो । वहाँले औद्योगिक विकास विना देशको अर्थतन्त्र बलियो नहुने बताउँदै औद्योगिक विकासको लागि सरकार र निजी क्षेत्रले सहकार्य गरी अघि बढ्नुपर्ने बताउनु भएको थियो ।

संघका पूर्व अध्यक्ष एजाज आलम पदाधिकारी एवं कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको समारोहमा वरिष्ठ उपाध्यक्ष माधब प्रसाद पौडेलले धन्यवाद ज्ञापन गर्नु भएको थियो भने संचालन संघका सचिव हिरामणी भट्टराईले गर्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*