बुटवल उपमहानगरले अघिल्लो वर्ष पूरा नगरेका योजना असोज मसान्तसम्म सक्ने
बुटवल । बुटवल उपमहानगरपालिकाले असोज मसान्तसम्म अघिल्ला वर्षहरूमा तयार पारिएका योजनाहरुलाई सक्ने गरी काम अगाडि बढाएको बताएको छ ।
बुटवल उपमहानगरपालिकाको नियमित पत्रकार सम्मेलनमा उपमहानगरपालिका प्रवक्ता रामप्रसाद रेग्मीले कोरोनाको कारणले अघिल्लो वर्ष तयार पारिएका र पूरा नभएका योजनाहरुलाई असोज मसान्त सम्ममा सक्ने गरी द्रुतगतिमा काम अगाडि बढेको बताएका छन् ।
प्रवक्ता रेग्मीले अहिलेसम्म पिच गर्ने बाहेकका ५० प्रतिशत योजनाको काम सकिएको जानकारी दिए । उनले वर्षाको समयमा पिच गर्न नमिल्ने भएकोले त्यो काम रोकिए पनी वर्षा रोकिदासाथ पिचका कामहरु सञ्चालन हुने र योजना सकिने बताए ।
उनले कोभिडको समस्या आउने वर्षहरुमा पनि देखिन सक्ने बताउँदै भदौदेखि नै योजनाहरुका उपभोक्ता समिति गठन लगाएतका कामहरु सञ्चालन गरिएको बताए । अघिल्लो वर्ष मंसिरमा सुरु भएको उपभोक्ता समिति गठनको काम यो वर्ष भदौमा नै सुरु भएकोले धेरै योजनाहरु अर्को वर्ष सर्नु नपर्ने उनको तर्क छ ।
आर्थिक वर्ष २०७८/८९मा क्रमागत भइआएका योजना २८५ वटा थिए, जसमध्ये भाद्र मसान्तसम्म २९० वटा योजना सम्पन्न भइसकेका छन् ।






















