कांग्रेस महाधिवेशन : रुपन्देहीका पाँच पालिकामा सर्वसम्मत नेतृत्व चयन

खबरपथ संवाददाता
९ आश्विन २०७८, शनिबार १८:५१

बुटवल । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रुपन्देहीका पाँच वटा स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको छ । नेपाली काँग्रेस जिल्ला निर्वाचन अधिकृत भेषराज घिमिरेका अनुसार रुपन्देहीका १६ स्थानीय तह मध्ये गैडहवा गाउँपालिका, कोटहीमाई गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका मर्चवारी गाउँपालिका र ओमसतीया गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो ।

मतदान अधिकृतहरुका अनुसार गैडहवा गाउँपालिकाको सभापतिमा सत्यनारायण पथिक, कोटहीमाई गाउँपालिकाको सभापतिमा अवधराम यादव, लुम्बिनी सांस्कृतिक नगरपालिकाको सभापतिमा मोह्मद सहित खाँ, मर्चवारी गाउँपालिकाको सभापतिमा जनार्दन यादव र ओमसतीया गाउँपालिकाको सभापतिमा भगवान प्रसाद चौधरी सहित सबै टिम निर्बिरोध निर्वाचित भएको मतदान अधिकृतहरुले जानकारी दिएका छन् ।

गत भदौ १८ गते वडा अधिवेशन भएको रुपन्देही जिल्लाका १६ वटा स्थानीय तहमा महाधिवेशनको कार्यतालिका अनुसार शनिबार पालिका अधिवेशन भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*