वातावरण पत्रकारिता पुरस्कारबाट पत्रकार टोपराज शर्मा सम्मानित

खबरपथ संवाददाता
१० आश्विन २०७८, आईतवार १९:२९

बुटवल । उत्कृष्ट वातावरण पत्रकारीता पुरस्कार २०७७ बाट बुटवलका पत्रकार टोपराज शर्मा सम्मानित हुनु भएको छ । नेपाल पत्रकार महासंघ रुपन्देहीले वरिष्ठ पत्रकार नारायण सापकोटाद्धारा स्थापित उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार–२०७७ पत्रकार टोपराज शर्मालाई प्रदान गरेको हो । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले बुटवलमा आयोजना गरेको समारोहमा पत्रकार शर्मालाई २५ हजार नगद राशी सहित सम्मान पत्र प्रदान गरी पुरस्कृत गरिएको हो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र पुरस्कारका सस्थापक नारायण सापकोटाले पुरस्कार तथा सम्मान पत्र प्रदान गर्नु भएको हो । पत्रकार महासंघले पुस्कार पदान गर्नका लागि प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीको संयोजकत्वमा मूल्यांकन समिति गठन गरेको थियो । समितीको सदस्यमा लेखक तथा वातावरणका जानकार युवराज कंडेल र डिभिजन वन कार्यालयका प्रतिनिधि राजन खड्का सदस्य रहनु भएको थियो । सो समितीले पुरस्कारका लागि पत्रकार शर्मालाई गरेको सिफारिस गरेको थियो ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका सभापति रामराज पोखरेलको सभापतित्व सचिव विनोद परियारको सञ्चालनमा भएको कार्यक्रममा पत्रकार महासंघ नेपालको केन्द्रिय अध्यक्ष विपुल पोखेल, निबर्तमान अध्यक्ष गोविन्द आर्चाय, पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्का, पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष बालकृष्ण चापागाई, नेपाल प्रेस युनियन रुपन्देहीका सभापति रेखा भुसाल, प्रेस चौतारी रुपन्देहीका अध्यक्ष अमृत गिरी,प्रेस संगठनका जिल्ला अध्यक्ष कमल रायमाझि लगायतले शुभकामना दिनु भएको थियो ।

यसै बिच नेपाल पत्रकार महासंघको आयोजना तथा रूपन्देही शाखाको समन्वयमा यहि असोज ४ गते देखि बुटवलका शुरू भएको एक हप्ते आधारभूत पत्रकारिता तालिमको समापन भएको छ । समापन कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरुलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले प्रमाण पत्र प्रदान गर्नू भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*