तमु ह्युल छोजधी गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीले विविध कार्यक्रम सहित पुष १५ मनाउने

खबरपथ संवाददाता
१० पुष २०७८, शनिबार २१:४०

बुटवल । तमु ह्युल छोजधी गुरुङ राष्ट्रिय परिषद् रुपन्देहीले विविध कार्यक्रम सहित पुष १५ मनाउने भएको छ । सरसफाई अभियान, रक्तदान, दिपावली, ल्होसार पर्वको अवसरमा जनचेतना मोटरसाइकल ¥याली र पुष १५ गते मूल समारोह गरेर ल्होसार पर्व मनाउन लागिएको छोजधीका रुपन्देही जिल्ला अध्यक्ष बिमला तमुले जानकारी दिनु भयो ।

तमुह्युल छोजधी गुरुङ राष्ट्रिय परिषद रुपन्देहीका जिल्ला सचिव ओम प्रकास तमुका अनुसार तमु ल्होसारको अवसरमा आयोजना गरिने मूल समारोहमा शहरी विकास मन्त्री राम कुमारी झाँक्री प्रमूख अतिथिको रुपमा सहभागी गराइने बताउनु भयो । यसवर्ष गाई वर्गलाई बिदाई र बाघ वर्गलाई स्वागत गर्दै तमु समु्दायले ल्होसार पर्व मनाउने भएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*