पाल्पा दुर्घटना अपडेट : ६ मृतकको सनाखत
बुटवल । पाल्पाको लघुवामा मलामी बोकेको बस दुर्घटना हुँदा मृत्यु भएका ७ जनाध्ये ६ जनाको सनाखत भएको छ ।
दुर्घटनामा परी अर्घाखाँचीको मालारानी गाउँपालिका–२ का २५ वर्षीय शंकर बि.क., सोही ठाउँकै ३६ वर्षीय मोहन कुँबर र २८ वर्षीय भोजेन्द्र बि.क., बुटवल उपमहानगरपालिका–१९ का ३२ वर्षीय बिजय थापा क्षेत्री, बुटवल–१७ का ३० वर्षीय पशुपति रसाईली र सोही ठाउँ कै खुम बहादुर राना रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए । दुर्घटनामा परी १५ जना घाइते भएका प्रहरी प्रवक्ता त्वातीले बताए ।
घाइते हुनेमा बुटवल उपमहानगरपालिका–१७ का ३८ वर्षीय बिशाल रसाईलि, सैनामैना नगरपालिका–६ का ३१ वर्षीय मिरा रामदाम, सोही स्थानका ५० वर्षीय श्याम बहादुर थापा, बुटवल–१७ का ४५ वर्षीय धन बहादुर सुनार, अर्घाखाँचीको पाणीनि गाउँपालिका–१ का ५४ वर्षीय गोपाल नेपाली, छत्रकोट गाउँपालिका–३ का ४३ वर्षीय लाल बहादुर बि.क., मालारानी गाउँपालिका–२ का ३७ वर्षीय रमेश टोहटो, तिलोत्तमा नगरपालिका– १४ का ४५ वर्षीय दिलमाया सुनार र सोही स्थानका ४५ वर्षकै तारा सुनार घाइते भएका छन् ।
यस्तै अर्घाखांचीको मालारानी गाउँपालिका–२ का ३९ को तुल्सिराम बि.क., सोही ठाउँकै २२ वर्षीय को दिपक बि.क., बुटवल उपमहानगरपालिका–११ का ४८ वर्षीय माधव प्रसाद वस्याल, मलारानी गाउँपालिकाका अर्जुन रसाईली, सोही ठाउँका ३५ वर्षीय लक्ष्मण टोहटा र २७ वर्षीय बिष्णु बि. क. घाइते भएका छन् ।
घाइते मध्ये ९ जनाको लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पा र अन्यको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको प्रहरी प्रवक्ता त्वातीले जानकारी दिए । आइतबार बुटवल रानीगञ्जका ७० वर्षीय वीर बहादुरको विश्वकर्माको शव लिएर गुल्मीको रिडी जाँदै गरेको लु २ ख ७२७९ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लगुवामा दुर्घटनामा परेको थियो।





















