पछिल्लो २४ घण्टामा ४,६३६ जनामा कोरोना पुष्टि

खबरपथ संवाददाता
१ माघ २०७८, शनिबार २०:१०

काठमाडौं । पछिल्लो २४ घण्टामा ४,६३६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,४१२ पीसीआर परीक्षणमा ३,७०३ र ४,१४४ एन्टिजेन परीक्षणमा ९३३ जना गरी ४,६३६ जनामा कोरोना संक्रमण भएको हो ।

मन्त्रायलका अनुसार पछिल्लोे २४ घण्टामा ३५० जना कोरोना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ ।

हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २१ हजार ५८४ पुगेको छ । सक्रिय संक्रमित मध्ये २० हजार ५३६ जना होम आइसोलेसनमा र १०४८ जना संस्थागत आइसोलेसन अर्थात अस्पतालमा छन् ।

अस्पतालमा रहेका मध्ये ११९ जना आईसीयूमा र २६ जना भेन्टिलेटरमा छन् । कोरोना संक्रमणका कारण नेपालमा हालसम्म ११ हजार ६१७ जनाले ज्यान गुमाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*