पेट्रोलियम पदार्थको मूल्यमा फेरी बृद्धि
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा फेरी बृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोल र डिजेल र मटितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको छ । बृद्धि भएको मूल्य सहित पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ र डिजेल र मटितेल १२२ रुपैयाँ पुगेको छ ।
आन्तरिक हवाई ईन्धनमा साबिकको बिक्रि मूल्यमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरी प्रति लिटर १०६ रुपैयाँ कायम गरिएको छ ।
अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १०० अमेरिकी डलरले वृद्धि गरी ९९५ अमेरिकी डलर कायम गर्ने निर्णय गरिएको निगमले जनाएको छ ।
पछिल्लो पटक मिति २०७८ कात्तिक २४ गते मूल्य समायोजन भएको थियो ।






















