काठमाडौं उपत्यकामा शुक्रबारदेखि सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय
काठमाण्डौं । काठमाडौं उपत्यकामा शुक्रबार देखि सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरिएको छ । काठमाडौं , भक्तपूर र ललितपूर प्रशासनले उपत्यकाभित्र शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी जोरबिजोर प्रणालीमा यातायात सञ्चालन गर्ने आदेश जारी गरेको हो ।
तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बसि कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रशासनले बिहीबार यस्तो आदेश जारी गरेको हो।
आदेश शुक्रबार राति १२ बजेदेखि लागू हुने काठमाडौंकी निमित्त प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुंगेलले जानकारी दिनुभयो।
अर्को आदेश जारी नहुञ्जेलसम्मका लागि यो आदेश जारी गरिएको उहाँले बताउनुभयो। प्रशासनद्धारा जारी आदेशमा सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, सबै यात्रुलाई मास्क अनिवार्य, सेनिटाइजरको वव्यवस्था, चालक र सहचालकले फेस सिल्ड लगाउनुपर्ने, सवारीसाधनलाई दैनिक निसंक्रमित गर्ने, मासस्क नलगाउने व्यक्तिलाई सवारीसाधनमा प्रवेश नदिने उल्लेख गरिएको छ ।
आदेशमा औषधी, स्वास्थ्य सामग्री बोक्ने सवारीसाधन, एम्बुलेन्स, दमकल, शवबाहन, ग्यास तथा पेट्रोलियन पदार्य बोकेका साधन, पशुपन्छीका दाना, अण्डा, फलफूल, खाद्यान्न, तरकारी र माछामासु बोकेका साधन बाहेकमा लागू हुनेछ।
यस्तै, आदेशमा लामो दुरीमा चल्ने यात्रुहरूलाई सम्भव भएसम्म एन्टिजेन परीक्षण व्यवस्था मिलाउन भनिएको छ।
आदेश अनुसार आसभा, जुलुस, सभा, भेला, सम्मेलन, सिनेमा हल, डान्सबार, दोहोरी नाचघर, क्यासिनो, क्लब, हेल्थ क्लब, जिमखाना, रंगशाला, महोत्सव, स्वीमिङ पुल, हाटबजार लगायत बन्द हुनेछन् ।





















