पछिल्लो २४ घण्टामा १० हजार २५४ कोरोना पुष्टि ,१६ को मृत्यु
काठमाण्डौं । पछिल्लो २४ घण्टामा १० हजार २५४ जना कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार पिसिआर परीक्षणबाट ८ हजार २१२ र एन्टिजेन परीक्षणबाट २०४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा २० हजार १८७ जनामा कोरोना परीक्षण गरिएको थियो । देशभर ७२ हजार ८ सय ७६२ जना कोरोनाका सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १६ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय ५१ छ ।
यस्तै ७०८ जना संक्रमणबाट मुक्त भएका छन् । कोरोनाबाट अहिलेसम्म निको हुनेको संख्या ८ लाख २० हजार २ सय ८३ पुगेको छ।





















