माघ १५ देखि २० गतेसम्म विद्यालय खुल्ने
खबरपथ संवाददाता
११ माघ २०७८, मंगलवार २१:२०
काठमाण्डौं । सरकारले आगामी माघ १५ गते देखि २० गतेसम्म विद्यालय खोल्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशैभरका विद्यालय छ दिन खुल्ने र त्यो बेला सबै विद्यार्थीलाई खोप लगाउनुपर्ने बताएको छ । कोरोना बढेपछि सरकारले माघ १५ गते सम्म का लागी विद्यालय बन्द गरेको थियो ।
मन्त्रालयका प्रवक्ता दीपक शर्माले विज्ञप्ति जारी गर्दै स्थानीय तह र स्वास्थ्य चौकीसँग समन्वय गरी देशैभरका विद्यालयहरूले विद्यार्थीलाई खोप लगाउन आग्रह गरेका छन् ।






















