पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि

खबरपथ संवाददाता
१८ माघ २०७८, मंगलवार २१:१२

काठमाण्डौं । पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि भएको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँले बढाएको हो ।

निगमको नयाँ मूल्यसूची अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १२५ पुगेको छ । यस्तै आन्तरिक हवाई ईन्धनमा प्रति लिटर १० रुपैयाँले वृद्धि गरी प्रति लिटर ११६ पुगेको छ । एलपी ग्यासको मूल्यमा भने बृद्धि भएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*