लुम्बिनी प्रादेशिक अस्पताल १ सय १२ औं वर्षमा प्रवेश : गौरबको अस्पतालको रुपमा विकास गरिने – मुख्यमन्त्री केसी

खबरपथ संवाददाता
१६ फाल्गुन २०७८, सोमबार ११:१०

बुटवल । बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल १ सय १२ औं वर्षमा प्रवेश गरेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कूल प्रसाद केसीले लुम्बिनी प्रादेशिक अस्पताललाई गौरबको अस्पतालको रुपमा विकास गरिने बताउनुभयो । आईतबार १ सय १२ औं बार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उँहाले अबको ५ वर्ष भित्रमा अस्पतालले प्रदान गर्ने विशेषज्ञ सेवा राष्ट्रिय स्तरको मात्र नभएर अन्तराष्ट्रिय स्तरको रुपमा सेवा प्रदान गर्ने दाबी गर्नुभयो । अस्पतालको विकासको लागि ५ खर्ब ९९ करोड लागत लाग्ने गुरु योजना तयार गरेर टेण्डर प्रक्रिया सुरु गरिएको मन्त्री केसीले बताउनुभयो । उपचारको लागि भारत तथा तेश्रो मुलुक जानु पर्ने समस्याको हल गर्दै अबको पाँच वर्ष भित्रमा अस्पतालले स्तरिय विशेषज्ञ सेवा प्रदान गर्ने उँहाले दाबी गर्नुभयो ।

सो अवसरमा मुख्यमन्त्री केसीले अस्पतालको ४० वेडको आईसीयू कक्ष र ५० वेडको मेडिकल वार्डको पनि समुद्घाटन गर्नु भएको छ । वार्षिक उत्सवका अवसरमा आयोजना गरिएका साताव्यापी कार्यक्रमहरु सकिएसंगै आईतबार मुल समारोहका आयोजना गरिएको अस्पतालका मेडिकल सुपेरिटेण्डेन डा. ईन्द्र ढकालले जानकारी दिनुभयो । अस्पतालले पछिल्लो समय पेईङ क्लिनिक, क्यान्सर उपचार, विमाको प्रभावकारी कार्यान्यन, कोभिड विशेष अस्पताल संचालन गरिरहेको छ । दैनिक २ हजार भन्दा वढि विरामीले सेवा लिने यो अस्पतालले सरकारले तोकेका सबै सेवा हरु निशुल्करुपमा संचालन गर्दै आएको छ ।

यो पनि हेरौं : लुम्विनी प्रादेशिक अस्पतालले १ सय १२ औं बार्षिक उत्सव मनाउदै

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*