संखुवासभामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु
खबरपथ संवाददाता
२६ फाल्गुन २०७८, बिहीबार १२:५२
बुटवल । संखुवासभामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । बिहीबार (आज) संखुवासभाको मादीबाट झापाको दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस बिहान करिब साढे सात बजेतिर मादी नगरपालिका-६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका यात्रुलाई हेलिकप्टरमार्फत उद्धार गरिने भएको छ । मृतकको सनाखत गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।बसमा करिब २५ जना रहेको अनुमान गरिएको छ । बस सडकबाट करिब तीन सय मिटर तल खसेको छ ।





















