प्रधानमन्त्री देउवा र मोदीले बटन थिचेर गरे रेलवेको उद्घाटन

खबरपथ संवाददाता
१९ चैत्र २०७८, शनिबार १६:१४

काठमाण्डौं । नेपालको धनुषाको कुर्थादेखि कुर्था र भारतको जयनगर जोड्ने रेलवे लाइनको शनिबार उद्घाटन भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट बटन थिचेर रेलवेको भर्चुअल उद्घाटन गर्नुभएको हो।

प्रधानमन्त्रीद्धयले अन्तरदेशीय रेलवेका लागि हरियो झन्डा पनि फहराउनु भएको थियो। दुई प्रधानमन्त्रीले झन्डा फहराएपछि जयनगरबाट रेल चलेको थियो। उद्घाटन अघि रेललाई फूल लगाएर दुलही झैं सिंगारिएको थियो ।

नेपालमा रेल सेवा सञ्चालनका लागि गत २०७७ असोज २ गते भारतबाट रु ८४ करोड ६५ लाखको लागतमा दुई सेट रेल खरिद गरिएको थियो । खरिद गरिएको डेढ वर्ष पछि रेल सेवा सञ्चालन भएको हो ।

पहिले पुरानो प्रविधिको रेल सञ्चालनमा आए पनि आधुनिक प्रविधिको यो नै पहिलो रेल सेवा रहेको बताइएको छ ।

आज उद्घाटनको अवसरमा यात्रुले निःशुल्क रेल चढ्न पाउने छन् भने उद्घाटन पश्चात् जनकपुरधामको कुर्थास्टेशनदेखि भारत विहारको जयनगरसम्म नेपाल रेलले यात्रुलाई सेवा प्रदान गर्नेछ ।

शनिवारदेखि सुरु भएको कुर्था–जयनगरसम्मको कुल ३४ दशमलव ५ किलोमिटरको यात्राका लागि सामान्य सिटका लागि रु ९० र वातावरण अनुकूलित (एसि) सिट सुविधातर्फ रु ४५० टिकट कायम गरिएको छ । जनकपुरधामबाट भने जयनगरका लागि समान्य टिकट रु ७० र एसिमा ३७० कायम गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*