पेट्रोलियम पदार्थको मूल्यमा फेरि बृद्धि, खाना पकाउने ग्यासको मूल्य १६०० पुग्यो

खबरपथ संवाददाता
२३ चैत्र २०७८, बुधबार १३:१७

काठमाण्डौं । पेट्रोलियम पदार्थको मूल्यमा फेरि बृद्धि भएको छ । नेपाल आयल निगमले बुधबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो ।निगमले गए राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रति लिटर ५ रुपैयाँको दरले बढाएको हो ।

योसँगै अब पेट्रोलको मूल्य प्रति लिटर १६० रुपैयाँ पुगेको छ भने डिजल र मट्टितेलको मूल्य प्रति लिटर १४३ रुपैयाँ पुगेको छ । यस्तै हवाई इन्धन (आन्तरिक) मा ५ रुपैयाँ बृद्धि भइ प्रति लिटर १५६ रुपैयाँ कायम भएको छ ।

निगमले पेट्रोल, डिजल र मट्टितेलसँगै खाना पकाउने ग्यासको मूल्य समेत बढाएको छ । यस अघि १५ सय ७५ रुपैयाँ रहेको खाना पकाउने ग्यास अब प्रति सिलिण्डर १६ सय रुपैयाँ पुगेको छ ।

यस अघि निगमले चैत २ गते पेट्रोलियम पदार्थको भाउ बढाएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*