लुम्बिनी वाणिज्य क्याम्पसलाई ३० विगाहा जग्गा दिने सहमती

मोहन पौडेल
२५ चैत्र २०७८, शुक्रबार २२:४४

बुटवल । बुटवल–१२ तामनगरस्थित चारपाला सामुदायिक वन उपभोक्ता समूहले लुम्बिनी वाणिज्य क्याम्पसलाई ३० विगाहा जग्गा दिने भएको छ ।

शुक्रबार लुम्बिनी वाणिज्य क्याम्पसमा भएको एक कार्यक्रमका बिच प्रस्ताबित लुम्बिनी मानित विश्वविद्यालयका लागि क्याम्पसलाई जग्गा प्रदान गर्ने सहमती भएको हो । दश बुदे सहमती पत्रमा हस्ताक्षर गर्दै चारपाला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष ओम प्रकाश ठाकुरले आफ्नै आगनमा विश्वविद्यालय स्थापना हुने भएपछि आफुहरु हर्षित भएको बताउनु भयो साथै उहाँले यथाशिघ्र सो क्षेत्रमा विभिन्न विषयका कक्षाहरु सञ्चालन हुने विश्वास समेत व्यक्त गर्नु भयो ।

तस्बिर : सन्दीप पौडेल

सहमती पत्र हस्ताक्षर कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष एवं लुम्बिनी वाणिज्य क्याम्पस, सञ्चालक समिति अध्यक्ष मोतीलाल पाण्डेले लामो प्रयासपछि आज यो समय आएको बताउदै सम्पूर्ण सहयोगी हातहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो साथै उहाँले विश्वविद्यालयको केन्द्रीय कार्यालय सोही जग्गामा स्थापना हुने कुरा समेत व्यक्त गर्नुभयो । यस्तै शुद्धोधन गाउँपालिकाका अध्यक्ष किसुन चन्द चौधरीले छिटो भन्दा छिटो विश्वविद्यालय सञ्चालन भएको हेर्न आतुर रहेको कुरा बताउनुभयो । लुम्बिनी वाणिज्य क्याम्पस संचालक समिति उपाध्यक्ष तथा जग्गा व्यवस्थापन उप–समितिका संयोजक सुरेन्द्र प्रसाद श्रेष्ठले जग्गा प्राप्तीको पहिलो खुड्किलो पार भएको र छिटो भन्दा छिटो यो कार्य सम्पन्न गर्नका लागि जग्गा व्यवस्थापन उप–समिति प्रयत्नशिल रहने ढृढता प्रकट गर्नुभयो ।

बुटवल उपमहानगरपालिका वडा नं. १२, का वडाध्यक्ष दुर्गा प्रसाद सुवेदीले जग्गा व्यवस्थापनका लागि बुटवल उपमहानगर पालिकाले गरेको प्रयास सार्थक भएको र यथाशिघ्र आफ्नो वडामा लुम्बिनी मानित विश्वविद्यालय बन्ने विश्वास व्यक्त गर्नुभयो । शुद्धोधन गाउँपालिका वडा नं. २ का वडाध्यक्ष विष्णु प्रसाद बस्यालले सबैको प्रयासले मात्र समाजमा नयाँ नयाँ परिवर्तन हुने भएकाले सबै एकजुट भएर लाग्नुपर्ने बिचार व्यक्त गर्नुभयो ।

चारपाला सामुदायिक वन उपभोक्ता समूहका सल्लाहकार तथा समाजसेवी उदयराज काफ्लेले आजको यो कार्यक्रमपछि सबैभन्दा बढी हर्षित आफु भएको बताउदै यथाशिघ्र विश्वविद्यालय त्यस क्षेत्रमा देख्न पाउने र भावी सन्ततीले लाभ लिने विश्वास प्रकट गर्नुभयो । कार्यक्रममा सहमती पत्रका बुदाहरु बाचन गर्दै लुम्बिनी वाणिज्य क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा. तारा प्रसाद उपाध्यायले व्यक्ति भन्दा पनि संस्था र समाज ठुलो भएकाले विश्वविद्यालय स्थापनामा सबैले अपनत्व लिनुपर्ने र यसले गर्दा भोलिका दिनमा बुटवल र यस क्षेत्रको शैक्षिक गरिमा बढाउन सहयोग पुग्ने कुरा बताउनुभयो साथै विश्वविद्यालय स्थापनाका लागि यस क्षेत्रमा आवश्यक क्रियाकलाप यथाशिघ्र व्यवस्थापन गरिने र लुम्बिनी मानित विश्वविद्यालयले स्कुल अफ विजनेश र स्कुल अफ साइन्स एण्ड टेक्नोलोजि सञ्चालन गर्ने कुरा प्रष्ट पानुभयो ।

कार्यक्रमको संचालन लुम्बिनी वाणिज्य क्याम्पस आई.क्यू.ए.सी. संयोजक पुनाराम घिमिरले गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*